National life

मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी नेपाल र चीनबिच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
446Shares
मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी नेपाल र चीनबिच सम्झौता
ncell

काठमाडौँ । मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर भएको छ।

अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल तथा चीनका तर्फबाट चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सीका प्रमुख लुझाओ हुईले सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौताअनुसार चीनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्ने भएको छ ।

Royal Enfield
nic asia capital
त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

एजेन्सीले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सो सम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

एजेन्सीका प्रमुख लु झाओ हुईले नेपालसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोगसम्बन्धी र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौताका लागि र लगानी सम्मेलनमा सहभागिता जनाउनको लागि नेपाल आएको जनाएका छन् ।

यसबिच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एजेन्सीका अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबिच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। रुपक सापकोटाले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले पछिल्लो समय नेपाल–चीनबिच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबिच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताए ।

यो समाचार शेयर गर्नुहोस्
446SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?