काठमाण्डौ – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको मुनाफा तथा सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो।
बैंकका अनुसार, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पाएपछि आगामी २० औं वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिनेछ।


































