National life
cg eloctronics

मुक्तिनाथ फाउण्डेशनद्वारा रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असोज २०८२, बुधबार
361Shares
मुक्तिनाथ फाउण्डेशनद्वारा रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । सामाजिक तथा आर्थिक रुपमा पछाडि परेका व्यक्ति र समुदायलाई सहयोग गर्दै सकारात्मक रूपान्तरण ल्याउने उद्देश्य राख्दै स्थापित मुक्तिनाथ फाउण्डेशनले आफ्नो चौथो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

२०७८ असोज १ गते दर्ता भएको यो मुनाफा वितरण नगर्ने संस्था लक्षित समुदाय र व्यक्तिहरुको सबलीकरण गर्दै समाजमा सशक्त भूमिका खेल्ने प्रतिबद्धता राख्दछ। संस्थाले विगतमा सामाजिक क्षेत्रमा विभिन्न पहलहरु पनि गर्दै आएको छ। यसमा बागमती सरसफाई अभियानमा सहभागिता, विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिकासहित देशभर बृहत वृक्षारोपण कार्यक्रम, वृद्धवृद्धाहरुलाई सम्मान र आवश्यक खाद्य सामग्री वितरण जस्ता कार्यहरु समावेश छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चौथो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० पोका रगत संकलन भएको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो भने मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लि।, मुक्तिनाथ क्यापिटल लि।, रोयल सहकारी लि।, र विन्द्यवासिनी म्यूजिक प्रा।लि। समेतको सहभागिता र समन्वय रहेको थियो।

मुक्तिनाथ फाउण्डेशनले आगामी दिनमा पनि लक्षित समुदाय र व्यक्तिहरुका लागि सामाजिक विकासका पहलहरु निरन्तरता दिने योजना रहेको बताएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
361SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?