काठमाडौं। मुग्लिन–नारायणघाट सडकखण्डको तुइन खोला पुल नजिकै मंगलबार साँझ पुनः ठूलो पहिरो खसेको छ। साँझ ४:५५ बजे खसेको पहिरोका कारण सडकमा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
कार्यालयले सूचना जारी गर्दै निरन्तर पहिरो खसिरहेकाले पन्छाउने कार्य सुरु गर्न कठिनाइ भएको बताएको छ। यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
यसअघि पनि गत शुक्रबार सोही स्थानमा पहिरो खसेको थियो। त्यसबेला अवरुद्ध सडकलाई हटाउने काम सम्पन्न गरी सञ्चालनमा ल्याइएको भए पनि आजको नयाँ पहिरोले फेरि राजमार्ग बन्द भएको हो।


































