National life

मेडिकल जाँच भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गर्ने एक जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
670Shares
मेडिकल जाँच भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गर्ने एक जना पक्राउ
ncell

काठमाडौं। रोजगारीका लागि अनलाइनबाटै मेडिकल जाँच गर्ने भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ घर भई काठमाडौं बूढानीलकण्ठ बस्दै आएका ३६ वर्षीय कमलप्रसाद अधिकारी रहेका छन्। उनलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले गत शनिबार पक्राउ गरेको हो ।

पाथीभरा माता नाम गरेको फेक फेसबुक आईडी बनाएर रोजगारीका विभिन्न प्रस्तावहरु समेत प्रचार गरी अनलाइनबाटै फिजिकल फिटनेस जाँच्ने भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोप अधिकारीमाथि छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अधिकारीविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?