National life
cg eloctronics

यसपटकको चुनावमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने निर्वाचन आयोगको नीति

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१५ माघ २०८२, बिहिबार
918Shares
यसपटकको चुनावमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने निर्वाचन आयोगको नीति
ncell

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ ।

आयोगले निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो ।

निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ । निर्वाचनका लागि रु छ करोड ७५ लाखको मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै (स्टक)लाई पुनः प्रयोगमा ल्याइएको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारीको मनोनयन पत्र दर्ता, दाबी विरोध र निर्वाचन चिह्न प्रदानको कार्यक्रम सम्पन्न भइसकेको छ ।

-रासस

यो समाचार शेयर गर्नुहोस्
918SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?