National life

यस वर्षको एसइई नतिजा हेर्न विभिन्न माध्यम थप, सजिलो माध्यमबारे जान्नुहोस्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
1.5kShares
यस वर्षको एसइई नतिजा हेर्न विभिन्न माध्यम थप, सजिलो माध्यमबारे जान्नुहोस्
ncell

काठमाडौँ । यतिबेला राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको जानकारी दिएको छ । एसइईको नतिजा प्रकाशित भएपछि वा हुन अगाडि विद्यार्थीको लागि चासोको विषय हो नतिजा कसरी हेर्ने भन्ने ।

विगतका वर्षमा नतिजा हेर्नेका लागि सीमित माध्यम भएको भएपनी यस वर्षबाट भने जतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले रिजल्ट प्रकाशित गर्नको लागि १० वटा वेबसाइट र पाँच ठाउँको एसएमएस रहेको जनाएको छ।

Royal Enfield
nic asia capital

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसएमएसबाट हेर्न मिल्नेमा नेपाल टेलिकम (१६००), स्विफ्ट टेक्नोलोजी(३४५४५), जानकी टेक्नोलोजी प्रालि (३५००१), इजी सर्भिस प्रालि (३४९४९), आकाश टेक प्रालि (३१००३) रहेको छ । नेपाल टेलिकमको भने आईभीआर बाट समेत थाहा पाउन सकिने छ ।

त्यस्तै वेवसाइटबाट हेर्न चाहानेका लागि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट, राष्ट्रिय परीक्षा बोर्ड सानोठीमिको वेवसाईट, नेपाल टेलिकमको वेवसाईट, स्विफ्ट टेक्नोलोजीको वेवसाईट, इडियु संजालको वेवसाइट, कान्तिपुर पब्लिकेशनको वेवसाइट रहेका छन् ।

त्यस्तै गरि खल्ति प्रालि, इसेवा लिमिटेड, फोनिक्स एजुकेशन फाण्डेशन , एनसेल आजियाटा लिमिटेडको वेवसाईटबाट समेत हेर्न यस वर्ष एसइईको नतिजा हेर्न सकिने बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?