National life

यस वर्षको भाइटीका उत्तम साइत बिहान ११ः ३९ बजे, कुन दिन कुन पूजा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२८ असोज २०८२, मङ्गलबार
1.1kShares
यस वर्षको भाइटीका उत्तम साइत बिहान ११ः ३९ बजे, कुन दिन कुन पूजा ?
ncell

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा परेको जनाएको छ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यही समय भाइटीका लगाउन सबैभन्दा शुभ मानिएको हो। समितिका सदस्य प्रा.

Royal Enfield
nic asia capital
देवमणि भट्टराईका अनुसार धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तको मेलमा यो साइत निर्धारण गरिएको हो।

समितिले सर्वसाधारणले मध्याह्न समयमा टीका लगाउन शुभ हुने जनाएको छ। यस वर्षको यमपञ्चक कात्तिक १ गतेदेखि सुरु हुँदैछ। पञ्चकका पाँच दिनमा विभिन्न पूजा–अर्चना हुनेछन्।

कात्तिक १ गते: यमदीपदान, धन त्रयोदशी र धनतेरस

कात्तिक २ गते: काग तिहार र धनवन्तरी जयन्ती

कात्तिक ३ गते: कुकुर तिहार, नरक स्नान र लक्ष्मीपूजा

कात्तिक ५ गते: गाई, गोरु र आत्म (म्ह) पूजा तथा नेपाल संवत् ११४६ नयाँ वर्ष

कात्तिक ६ गते: भाइटीका (किजा पूजा)

समितिले यमपञ्चकका सबै दिनहरू शुभ मानिँदै आएका र भाइटीकाको साइत अनुसार पूजाआर्चना गर्दा उत्तम फल प्राप्त हुने विश्वास गरिएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?