National life
cg eloctronics

यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ, १ लाख २२ हजार नगद बरामद

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१७ चैत २०८२, मङ्गलबार
1KShares
यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ, १ लाख २२ हजार नगद बरामद
ncell

काठमाडौं। काठमाडौं महानगरपालिका–१५ सानो भर्‍याङ स्थित यातायात कार्यालय परिसरबाट सात जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार प्रहरी वृत्त स्वयम्भू बाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछाप उमाकुण्ड गाउँपालिका–४ का ३९ वर्षीय विज्ञान राई, तारकेश्वर काठमाडौंका ३१ वर्षीय सञ्जय राजवाहक, रानिवन काठमाडौंका ३६ वर्षीय विमल तामाङ, रामेछाप खाँडादेवी गाउँपालिका–७ का ३५ वर्षीय रमेश कार्की, धादिङ निलकण्ठ नगरपालिका–५ की ३६ वर्षीया कल्पना लम्साल र नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का ३९ वर्षीय उद्धव खनाल रहेका छन् ।

उनीहरूको साथबाट ५३ थान बिलबुक र नगद १ लाख २२ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले सेवाग्राहीलाई अनावश्यक सास्ती दिने, बिलबुक नवीकरण गरिदिने भन्दै रकम असुल्ने र सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने काम गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?