काठमाडौँ । सरकारले विभिन्न देशका ११ जना नेपाली राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
फिर्ता गरिने राजदूतहरूमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा.
दुर्गाबहादुर सुवेदी रहेका छन्।
सरकारले फिर्ता गर्ने निर्णयसँगै सम्बन्धित देशमा रहेका नेपाली नियोगमा राजदूतको पद खाली हुने भएको छ। नयाँ राजदूत पठाउने तयारी परराष्ट्र मन्त्रालयले छिट्टै सुरु गर्ने बताइएको छ।


































