National life

राष्ट्रपति पौडेल दोहा शिखर सम्मेलन सकेर आज स्वदेश फर्किँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२० कात्तिक २०८२, बिहिबार
999Shares
राष्ट्रपति पौडेल दोहा शिखर सम्मेलन सकेर आज स्वदेश फर्किँदै
ncell

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागिता जनाएर आज अपराह्न स्वदेश फर्किँदै छन्।

राष्ट्रपति पौडेलले गत मङ्गलबार सो सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै सामाजिक विकासका क्षेत्रमा नेपालका अनुभव, नीति तथा प्रतिबद्धताहरू प्रस्तुत गरेका थिए।

यसै अवसरमा आयोजित “सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी, सबैका लागि मर्यादित काम तथा सामाजिक समावेशीकरण” शीर्षकका उच्चस्तरीय गोलमेच सत्रमा पनि राष्ट्रपति पौडेलले सम्बोधन गर्दै समावेशी, न्यायपूर्ण र दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याएका थिए।

उनीसँगै नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूले समेत द्विपक्षीय भेटवार्ता र छलफलहरूमा सहभागिता जनाएका थिए।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
999SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?