National life

राष्ट्रिय कर दिवसमा उच्च करदाताको सम्मान : बागलुङ कर कार्यालय उत्कृष्ट घोषित

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०१ मंसिर २०८२, सोमबार
1.1kShares
राष्ट्रिय कर दिवसमा उच्च करदाताको सम्मान : बागलुङ कर कार्यालय उत्कृष्ट घोषित
ncell

काठमाडौँ । सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर तिरेका व्यक्तिहरू र संस्थाहरूलाई राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सम्मान गरेको छ। जस अनुसार व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाहलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ।

त्यस्तै, सूचना प्रविधि सम्बन्धी सेवा निर्यात तर्फ भेरिक्स नेपाल प्रालि, कृषि फार्मतर्फ पोषक ब्रिडर फार्म प्रालिले सबैभन्दा बढी कर तिरेका छन् । यता, बैंक तथा वित्तीय संस्थाबाट भने गत वर्ष नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सबैभन्दा बढी कर तिरेको छ ।

Royal Enfield
nic asia capital
पर्यटन व्यवसायमा सोल्टी होटेल लिमिटेडले सबैभन्दा बढी कर तिरेको विभागले उल्लेख गरेको छ ।

त्यसैगरी, वस्तु व्यापार गरेर सबैभन्दा बढी आयकर तिर्नेमा भाटभटेनी सुपरस्टार रहेको छ । वार्षिक ५० देखि १०० करोडसम्म कारोबार गर्ने कम्पनीमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड रहेको छ । विभागका अनुसार विभिन्न क्षेत्रका उच्च करदाताहरू यस प्रकार रहेका छन्:

निकायतर्फ सबैभन्दा बढी कर: नेपाल दूरसञ्चार प्राधिकरण लिमिटेड

एकल स्वामित्व कम्पनी: थर्ड आई इन्टरनेशनल

वस्तु निर्यात: डाबर नेपाल प्रालि

सूचना प्रविधि सेवा निर्यात: भेरिक्स नेपाल प्रालि

कृषि एवं पशुपंक्षी उद्योग: पोषक ब्रिडर फार्म प्रालि

बैंक, वित्तीय संस्था र बीमा: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

स्वास्थ्य तथा शैक्षिक संस्था: नोबेल मेडिकल कलेज तथा टिचिङ हस्पिटल

पर्यटन व्यवसाय: सोल्टी होटल लिमिटेड

वस्तु व्यापार: भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि

वार्षिक कारोबार ५०–१०० करोड: सिडिएस एण्ड क्लियरिङ लिमिटेड

उर्जा उद्योग: भोटेकोशी पावर कम्पनी प्रालि

रेमिटेन्स/मनी ट्रान्सफर: आईएमई लिमिटेड

विशेष उद्योग: यूनिलिभर नेपाल लिमिटेड

यसैगरी, २०७६ साउनदेखि २०८२ असारसम्म नियमित समयमै सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिरेको निकायमा नेपाल दूरसञ्चार लिमिटेड रहेको छ। वार्षिक कारोबार रकम ५० करोड रुपैयाँसम्म हुने करदातामध्ये भिएफ सर्भिसेज (मोरिसस) प्रालि उत्कृष्ट ठहरिएको छ।

साथै, आन्तरिक राजस्व विभागका अनुसार यस वर्ष बागलुङ कर कार्यालय उत्कृष्ट कर कार्यालय घोषित भएको छ।विभागले कर बुझाउने उच्च योगदानदातालाई सम्मान गर्नुको उद्देश्य कर वातावरणमा जागरूकता बढाउने, नियमित कर तिर्न प्रोत्साहन गर्ने र आर्थिक वर्षको आय संकलनमा पारदर्शिता कायम राख्ने रहेको बताएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?