National life
cg eloctronics

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका स्वीकृत, माघ ११ गते मतदान हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२० कात्तिक २०८२, बिहिबार
1.1kShares
राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका स्वीकृत, माघ ११ गते मतदान हुने
ncell

काठमाडौँ। निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगका अनुसार निर्वाचन कार्यक्रम पुस २० गतेदेखि सञ्चालन हुने छ।

कार्यतालिका अनुसार पुस २० गतेबाट सुरु हुने निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी–विरोध, मनोनयन फिर्ता,उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगायतका गतिविधि सञ्चालन हुने छन्। आयोगका अनुसार आन्तरिक व्यवस्थापन र प्रशासकीय सहजताका लागि आयोगले कार्यतालिका तयार गरेको हो। आवश्यक परे आयोगले सो तालिकामा परिवर्तन गर्न सक्ने समेत जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यतालिका अनुसार आयोगले मङ्सिर पहिलो साता दल दर्ता आह्वान गर्ने छ। दर्ताका लागि एक साताको समय दिइने र त्यसपछि मङ्सिर दोस्रो साता दल दर्ता स्वीकृत र निर्वाचन चिह्न वितरण गरिनेछ। त्यसपछि आयोगले मङ्सिर दोस्रो साताभित्र निर्वाचन कार्यक्रम प्रकाशन गर्ने तयारी गरेको छ। त्यसअघि कात्तिकभित्र मतदाता नामावली तयार गर्ने, मौज्दात विश्लेषण, सामग्री पहिचान र अनुमानजस्ता कार्य पूरा गरिनेछ।

मतदाता नामावली पुस पहिलो साता सार्वजनिक गरिनेछ। कानुनअनुसार, राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख–उपप्रमुख सम्मिलित निर्वाचकमण्डलले मतदान गर्छन्।

आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ। तीमध्ये १८ जना निर्वाचित र एक जना राष्ट्रपतिबाट मनोनीत सदस्य हुन्। प्रदेशवार हेर्दा कोशीबाट ३, मधेशबाट ४, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट २–२ र लुम्बिनीबाट ३ सदस्य निर्वाचित हुनेछन्। साथै, एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

पदावधि सकिनुभन्दा करिब ४० दिनअघि निर्वाचन हुन लागेको हो। आयोगको कार्यतालिका अनुसार पुस पहिलो साता मतदान स्थल र केन्द्र निर्धारण, पुस दोस्रो साता निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना, र पुस अन्त्यतिर मतपत्र छपाइ सुरु हुनेछ।

नेपाल सरकारले गत कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकबाट माघ ११ गते निर्वाचन मिति तोकेको थियो। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनका अनुसार, पद रिक्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?