National life

राष्ट्रिय सभा निर्वाचनमा १३ दल सहभागी हुने, १८ सिटका लागि सातै प्रदेशमा प्रतिस्पर्धा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१९ मंसिर २०८२, शुक्रबार
501Shares
राष्ट्रिय सभा निर्वाचनमा १३ दल सहभागी हुने, १८ सिटका लागि सातै प्रदेशमा प्रतिस्पर्धा
ncell

काठमाडौं । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि १३ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन्। निर्वाचन प्रयोजनका लागि दर्ता निवेदन दिएका सबै १३ दललाई निर्वाचन आयोगले स्वीकृत गर्दै उनीहरूलाई निर्वाचन चिह्न प्रदान गरेको हो।

आयोगले सार्वजनिक गरेको मतपत्र क्रमअनुसार पहिलो नम्बरमा नेकपा एमाले रहनेछ। त्यसपछि क्रमशः नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको चुनाव चिह्न सूचीकृत हुनेछ।

Royal Enfield
nic asia capital

छैटौँ स्थानदेखि क्रमशः जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीको चिह्न रहनेछ। नयाँ दर्ता भएका नागरिक उन्मुक्ति पार्टी–नेपाल र श्रम संस्कृति पार्टीलाई मतपत्रको अन्तिमतिर स्थान दिइएको आयोगले जनाएको छ। यी सबै दलका निर्वाचन चिह्न सातै प्रदेशमा एउटै रहने व्यवस्था गरिएको छ।

फागुन २० गतेबाट राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल सकिँदैछ। तीमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिद्वारा मनोनित सदस्य भएकाले बाँकी १८ सिटका लागि निर्वाचन हुनेछ। आयोगका अनुसार कोशी प्रदेशबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना सदस्यका लागि मतदान प्रक्रिया सम्पन्न गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?