काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक रहेका परियारले आफूले पार्टीबाट राजीनामा दिएको जनाएका छन् ।
आर्थिक भ्वाइससँग छोटो कुराकानी गर्दै परियारले आगामी यात्राबारे आफू थप तयार अवस्थामा रहेको र छुट्टै अभियान सुरु गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । उनले आफ्नो राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएको समेत जनाएका छन् ।
पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तन र संगठन सुधारको बहसमा परियार सक्रिय थिए। यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग राखेका थिए। परियारको निर्णयले रास्वपामा तरङ्ग पैदा गरेको हो ।






































