National life
cg eloctronics

रिभर फल्स पावरको हकप्रद शेयर भर्ने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ असोज २०८२, आइतबार
1.2kShares
रिभर फल्स पावरको हकप्रद शेयर भर्ने आज अन्तिम मौका
ncell

काठमाडौं। रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि निष्कासन गर्दै आएको हकप्रद शेयर भर्ने आज (असोज २६ गते) अन्तिम दिन भएको छ। कम्पनीले १ बराबर १ को अनुपातमा प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ। यस हकप्रद शेयरमा साउन २२ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्रै आवेदन दिन योग्य हुनेछन् ।

कम्पनीका अनुसार, आज साँझ बैंकिङ समयपछि हकप्रद आवेदन बन्द गरिनेछ। यसअघि असोज १३ गतेसम्म मात्र आवेदन दिन सकिने व्यवस्था गरिएको भए पनि, म्याद थपेर असोज २६ गतेसम्म कायम गरिएको हो। इच्छुक शेयरधनीहरूले प्रभु क्यापिटल लिमिटेडको कमलादीस्थित कार्यालय, साथै प्रभु बैंकका बेशिशहर, पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूमा गई आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, मेरो शेयर (MeroShare) मार्फत पनि अनलाइन आवेदन दिन सकिन्छ। हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?