National life
cg eloctronics

लगातारको पहिरोले मुख्य राजमार्ग अवरुद्ध, यातायात मन्त्रालयमा आकस्मिक बैठक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|०४ असोज २०८२, शनिबार
1.1kShares
लगातारको पहिरोले मुख्य राजमार्ग अवरुद्ध, यातायात मन्त्रालयमा आकस्मिक बैठक
ncell

काठमाडौं । देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

शुक्रबार रातिदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो। तुइनखोलामा लगातार पहिरो खस्दा सडक खुलाउन कठिनाइ भएको छ। यात्रुहरू रातिदेखि नै अलपत्र परेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यातायात मन्त्री कुलमान घिसिङले सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग बैठकमा छलफल गरेका छन्। सरोकारवालाले सडकको अवस्थाबारे बैठकमा जानकारी दिएका छन्।

ट्राफिक प्रहरीले डोजर खटाए पनि लगातार पहिरो खस्दा काम गर्न नसकिएको जनाएको छ। यससँगै कोशी राजमार्ग र अरनिको राजमार्गका विभिन्न स्थानमा पनि पहिरो खस्दा सडक अवरुद्ध भएका छन्। यी सबै ठाउँमा सडक खोल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?