National life

लगातार तीन दिनसम्म सेयर कारोबार थप्प , यस्तो छ कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१८ मंसिर २०८२, बिहिबार
454Shares
लगातार तीन दिनसम्म सेयर कारोबार थप्प , यस्तो छ कारण
ncell

काठमाडौं । मार्गशीर्ष शुल्क पूर्णिमा (योमरी पुन्हिः) सार्वजनिक बिदा परेकाले (आज) बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार बन्द रहने भएको छ। सरकारी बिदासँगै सरोकारका सबै कार्यालयहरू जस्तै नेप्से  पनि आज बन्द रहनेछन्।

साधारणतया शुक्रबार सेयर बजार सधैं बन्द हुने हुँदा दुई दिनको बिदासँग जोडिँदै यसपटक तीन दिनसम्म सेयर कारोबार स्थगित हुने भएको हो। यस अनुसार, सेयर बजार आगामी आइतबार मात्रै पुनः संचालनमा आउनेछ।

Royal Enfield
nic asia capital

आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन नेवारी समुदायले मनाउने महत्वपूर्ण पर्व योमरी पुन्हिः (योमरी पूर्णिमा) तथा किराँत समुदायले मनाउने उधौली पर्व देशभर मनाइँदैछ। यी दुवै पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा घोषित गरेको छ।

बिदाका कारण सबै सरकारी तथा वित्तीय सेवा कार्यालयहरू बन्द रहने भएकाले नेप्सेमा सेयर कारोबार, सूचक अपडेट, कारोबार निस्तारण, म्भ्ःब्त् तथा मार्जिन सेवा लगायतका गतिविधिहरू पूर्ण रूपमा स्थगित हुनेछन्। सेयर लगानीकर्ताहरूले अब बजार आइतबार खुल्ने समयसम्म प्रतीक्षा गर्नु पर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?