National life

लिची बगान जग्गा घोटाला प्रकरण : दुई पूर्वमन्त्री सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२२ असोज २०८२, बुधबार
999Shares
लिची बगान जग्गा घोटाला प्रकरण : दुई पूर्वमन्त्री सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौँ । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो ।

Royal Enfield
nic asia capital
यही प्रकरणमा अर्का पूर्वमन्त्री एवं एमाले नेता बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ ।

यस प्रकरणमा पुर्ब भूमिव्यवस्था मन्त्री बलराम अधिकारीले पनि गिरोहबाट ३२ लाख घुस बुझेको दाबी गरिएका अडियो बाहिरिएको थियो । लिची बगानको जग्गा हडप्ने योजना र घुस प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै २०८२ असार १० गते नै अख्तियारमा उजुरी परेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
999SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?