National life
cg eloctronics

वित्तीय र सामाजिक क्षेत्रको योगदानले चर्चित भरतराज ढकाल राजनीतिमा छलाङ्ग मार्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|११ फागुन २०८२, सोमबार
1.3kShares
वित्तीय र सामाजिक क्षेत्रको योगदानले चर्चित भरतराज ढकाल राजनीतिमा छलाङ्ग मार्दै
ncell

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै छ । यसपटकको निर्वाचनमा विभिन्न पेशा र पृष्ठभूमिका उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

राजनीतिक दलका सक्रिय नेता, पत्रकार, कलाकार, बैंकर, उद्यमी र सामाजिक अभियन्तासम्म चुनावी दौडमा छन् । जेनजी आन्दोलनपछिको नयाँ आशा र मनोभावनालाई प्रतिनिधित्व गर्ने दाबीसहित विभिन्न उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एउटै बैंक हाँकेका दुई सहयात्री चुनावी मैदानमा

यसपटक स्याङ्जा–१ मा पनि रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यो त्यही निर्वाचन क्षेत्र हो, जहाँ नेपाली कांग्रेसको तर्फबाट मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समिति अध्यक्ष भरतराज ढकाल पनि चुनावी मैदानमा उत्रिएका छन् । १२ वर्षसम्म बैंकको प्रमुख कार्यकारी अधिकृत र पछि अध्यक्ष भएर ढकालले बैंकमा आफ्नो कार्यकाल पूरा गरेका थिए ।

रोचक कुरा के छ भने सोही निर्वाचन क्षेत्रमा उनका पूर्व सहकर्मी समेत प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा एमालेको तर्फबाट त्यहाँ उम्मेदवारी दिएका मिनप्रसाद गुरुङ पनि मुक्तिनाथ विकास बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष हुन् ।

गुरुङले पनि एक कार्यकाल अध्यक्ष भएर बैंक सम्हालेका थिए । गुरुङ अध्यक्ष भएकै समयमा ढकाल सीईओ समेत थिए । अहिले उनीहरू दुवैजना एउटै निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा छन् । ढकाल कांग्रेसका उम्मेदवार हुन् भने गुरुङ एमालेका उम्मेदवार हुन् ।

यी लगायत स्याङ्जा–१ मा यसपटक १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । आज भने हामी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकालका विषयमा विस्तृत रूपमा बुझ्नेछौँ ।

भरतराज ढकालको पृष्ठभुमि र योगदान

भरतराज ढकाल स्याङ्जाको दुर्गम गाउँ फापरथुममा जन्मिएका हुन् । ढकालको शिक्षा–दीक्षा पोखरा र काठमाडौंमा सम्पन्न भयो । शिक्षामा स्नातकोत्तर (एमबीए)सम्मको अध्ययन गरेका ढकालले राजनीति मात्र होइन, व्यावहारिक विकासको मोडेल पनि स्याङ्जाबाटै सुरु गरे । उनको दूरदृष्टिको उदाहरणका रूपमा मुक्तिनाथ विकास बैंकलाई लिइन्छ ।

सशस्त्र जनयुद्धको बेला स्याङ्जा जिल्लाका बैंक तथा वित्तीय संस्था विस्थापित हुँदा सामान्य वित्तीय सेवा पाउन पनि स्थानीयले कठिनाइ भोग्नु परेको थियो ।

स्थानीयले भोगिरहेको यही समस्याले ढकाललाई वित्तीय पहुँच विस्तार गर्न प्रेरित गरेको थियो । वि.स. २०५६ मा उनले रोयल सहकारी संस्था स्थापना गर्दै स्याङ्जाका गाउँ–गाउँमा लघुवित्त कार्यक्रम सुरु गरे । महिलाको सशक्तीकरणमा जोड दिँदै साना बचत समूह, साना कर्जा वितरण र वित्तीय जागरण अभियान पनि ढकालले अघि बढाए, जसले त्यहाँका हजारौँ महिलामा आत्मनिर्भरता र आत्मविश्वास ल्याएको थियो ।

https://aarthikvoice.com/archives/83541

वि.स. २०६० सालदेखि उनले जिल्लामा लघुवित्त विस्तार गर्दै महिला समूह निर्माण र व्यवसायिक तालिमको अवसर पनि प्रदान गरे । पछि स्याङ्जा जिल्लामा पहिलो स्थानीय बैंक ‘मुक्तिनाथ विकास बैंक’ स्थापना गर्दै उनले वित्तीय पहुँच र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान दिए ।

स्याङ्जामै निजी क्षेत्रको पहिलो बैंकको रूपमा स्थापना गरिएको मुक्तिनाथ विकास बैंक आज देशकै अग्रणी विकास बैंकमध्ये एक बनेको छ । बैंकिङ सेवामार्फत दुर्गम क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्नु उनको प्रमुख उपलब्धिमध्ये एक हो ।मुक्तिनाथ विकास बैंक स्थापना भएको १० वर्षमै राष्ट्रिय स्तरको वित्तीय संस्था बन्न सफल भयो ।

उद्यमशीलता र कृषि क्षेत्रको विकासमा योगदान

समय बित्दै गयो । वि.स. २०७५ मा ढकालले उच्च तलबको पद छोडेर कृषिमा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित मुक्तिनाथ कृषि कम्पनी स्थापना गरे ।

“गाउँको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा” भन्ने सिद्धान्तलाई आधार बनाएर उक्त कम्पनीले सातै प्रदेशमा हजारौँ कृषकलाई व्यवसायिक कृषि परामर्श, तालिम, उपकरण, मलखाद तथा बजार उपलब्ध गराउँदै आइरहेको छ ।

ढकाल कृषि क्षेत्रको सम्भावनालाई व्यवहारमा उतार्न नीतिगत सुधार अपरिहार्य ठान्छन् । यही दृष्टिकोणले उनी आज प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेर जनतासँग प्रत्यक्ष संवादमा छन् ।

व्यावसायिक रूपमा स्याङ्जा रोयल बहुउद्देश्यीय सहकारी, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीलगायत संस्थामा नेतृत्व गरिसकेका ढकाल कृषि, सहकारी र वित्तीय क्षेत्रलाई जोडेर विकास गर्न सकिन्छ भन्ने सोचका पक्षधर हुन् ।

‘नागरिकको समृद्धिको आधार कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने मूल प्रतिवद्धतासहित चुनावी मैदानमा उत्रिएका ढकाल आफूलाई सपना देखाउने मात्र होइन, सम्भावनालाई यथार्थमा बदल्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिरहेका छन् । स्याङ्जाको विकासलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने उनको योजनाले मतदाताको ध्यान तानेको छ ।

उनका अनुभव, सामाजिक कार्य र वित्तीय नेतृत्वले स्याङ्जा क्षेत्रका विकासका मुद्दाहरू अघि बढाउन योगदान पुर्याउने विश्वास उनका समर्थकहरूको छ ।

ढकालको चुनावी अभियान केवल राजनीतिक गतिविधि मात्र नभएर स्याङ्जाका ग्रामीण अर्थतन्त्र, महिलाको सशक्तीकरण, उद्यमशीलता र वित्तीय पहुँचलाई केन्द्रमा राखेर नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यसहित सञ्चालित छ ।

भरतराज ढकालको चुनावी यात्रा केवल राजनीतिमा प्रतिस्पर्धा गर्न मात्र सीमित छैन । उनको अनुभव, सामाजिक कार्य र वित्तीय नेतृत्वले स्याङ्जा–१ क्षेत्रको ग्रामीण अर्थतन्त्र, महिलाको सशक्तीकरण, उद्यमशीलता र वित्तीय पहुँचमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी जस्ता संस्थामा योगदानमार्फत उनी दूरदर्शी र व्यावहारिक विकासका मोडेल प्रस्तुत गर्दै आएका छन् । ढकालको नेतृत्वले स्याङ्जाको विकासलाई मात्र होइन, राष्ट्रिय स्तरमा आर्थिक समृद्धि र समावेशी प्रगतिमा पनि सकारात्मक भूमिका खेल्ने उनका समर्थकहरुको विश्वास छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?