National life

विदेशमा बस्ने नेपाली व्यापारीले ‘एनआरएन बिजेनेश एशोसियसन’ खोल्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
432Shares
विदेशमा बस्ने नेपाली व्यापारीले ‘एनआरएन बिजेनेश एशोसियसन’ खोल्दै
ncell

काठमाडौं। विदेशमा व्यापार तथा व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन्। गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो।

अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए । जोशी गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा महासचिवमा समेत विजयी भएका थिए ।

Royal Enfield
nic asia capital

सर्वाेच्च अदालतको केहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेको थियो। सर्वाेच्चले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ । नयाँ संस्था सञ्चालनको तयारीमा जुटेका जोशीले एनआरएनएभित्र चरम राजनीति हावी भएको बताउँदै अब यो संस्थाको औचित्य नहरेको समेत दावी गरे ।

‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद गर्नुमात्र हो। आफू–आफूबीच इगो पालेर केही हुँदैन। एनआरएनएको औचित्य शून्य भइसक्यो। यहाँ झगडा गर्दै बस्नुको कुनै अर्थ छैन,’ उनले भने। पूर्व अध्यक्षहरूको जुँगाको लडाईँले एनआरएनए अभियान सखाप भएको उनको आरोप छ । ‘मिल्ने बेला नमिल्ने। आफू–आफूहरूबीच इगो लिने ! अहिले कसरी मिल्छ त ? मिलेर ६ महिनाभित्र संस्था एक हुन्छ भन्नु असम्भव छ। कोही पनि भ्रममा नपरे हुन्छ,’ उनले भने ।

जोशीले पछिल्लो समयमा विदेशमा नेपाली व्यवसायीहरूको संख्या बढ्दै गएको बताउँदै उनीहरूलाई समेट्न एउटा संस्था आवस्यक रहेको बताए । ‘यो संस्था राजनीति गर्ने थलो हुँदैन। व्यापार–व्यवसायलाई मात्र केन्द्रित गरेर सञ्चालन हुन्छ। युवा पुस्ता र विदेशमा हुर्किरहेको पुस्तालाई समेट्ने तार्गेट हो,’ उनले भने।

 

यो समाचार शेयर गर्नुहोस्
432SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?