National life

विदेश अध्ययनमा बर्सेनि अरबौँ रकम बाहिरिँदै,भदौमा मात्रै ३२ अर्ब रुपैयाँ बाहिरियो

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२९ असोज २०८२, बुधबार
1.1kShares
विदेश अध्ययनमा बर्सेनि अरबौँ रकम बाहिरिँदै,भदौमा मात्रै ३२ अर्ब रुपैयाँ बाहिरियो
ncell

काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी मार्फत ठूलो रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणले यस्तो देखाएको हो ।

भदौ महिनामा मात्रै विद्यार्थीहरूले कुल रु ३२ अर्ब ७६ करोड विदेश लगेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यो रकम रु २८ अर्ब २० करोड थियो।

Royal Enfield
nic asia capital
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.६ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ३१ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ४३ अर्ब १८ करोड थियो। यसले स्पष्ट देखाउँछ कि विदेश अध्ययन तथा अन्य भ्रमण खर्चमा विद्यार्थीहरूको माग लगातार बढिरहेको छ। त्यसैगरी, खुद सेवा आय समीक्षा अवधिमा रु ३१ अर्ब १६ करोडको घाटामा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु २७ अर्ब ९३ करोड घाटासँग तुलना गर्दा बढेको देखिन्छ।

साथै, सेवा खाता अन्तर्गत भ्रमण आय ९.८ प्रतिशतले वृद्धि भई रु ११ अर्ब ५८ करोड पुगेको छ, अघिल्लो वर्षको सोही अवधिमा यो आय रु १० अर्ब ५५ करोड थियो। यसले देखाउँछ कि विदेशी भ्रमणबाट फर्किएको पैसा र सेवा आयबिचको अन्तर बढ्दो क्रममा रहेको छ।

विदेश अध्ययनका लागि मोटो रकम निकासीमा आएको वृद्धिले विदेशी मुद्रा सञ्चितिमा दबाब सिर्जना गर्ने सम्भावना उच्च राख्दछ भने यता नेपाली विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शिक्षा प्रवृत्ति बढिरहेको संकेत गर्ने गरेको जानकारहरूको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?