National life
cg eloctronics

विनोद चौधरीले गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’ सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२८ माघ २०८२, बुधबार
1KShares
विनोद चौधरीले गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’ सार्वजनिक
ncell

काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं. १, माघ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन्। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्था जनतासामु प्रस्तुत गरेका हुन्।

यस वर्षको आम निर्वाचन फागुन २१ मा हुने सन्दर्भमा, जेनजी आन्दोलनपश्चात प्रतिनिधिसभा विघटन भएपछि उनले आफ्नो प्रतिबद्धताको मूल्याङ्कन सार्वजनिक गरी मतदातालाई जानकारी गराउन चाहेका हुन्। चौधरीले मतदाताको प्रश्न सोध्ने अधिकारलाई लोकतन्त्रको मूल आधार ठान्दै आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त रिपोर्ट कार्ड सार्वजनिक गर्दै उनले भने, “प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो। मैले ३१ बुँदे प्रतिबद्धतापत्र अनुसार काम भयो कि भएन भन्ने हरेक मतदाताले मलाई सोध्न सक्नेछन्। जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको एक–एक जवाफ दिनु मेरो जिम्मेवारी हो। देश बदल्छौं भनेर बाचा गर्दा, जनताका प्रश्नको जवाफ दिन सक्ने गरी काम गर्नुपर्छ भन्ने पनि बुझिसकेको छु। त्यसैले मैले हरेक बुँदाको उत्तर लिएर आएको छु।”

चौधरीका अनुसार रिपोर्ट कार्डको डिजिटल प्रति सार्वजनिक गरिएको छ भने प्रिन्ट कपि उनका सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुनेछ।

साथै उनले मतदातालाई प्रतिवेदन अध्ययन गर्न र कुनै जिज्ञासा भए टोल–टोलमै पुगेर प्रश्न गर्न आग्रह गरेका छन्। उनका सचिवालयले जनाएका अनुसार यस पहलले मतदाता–प्रतिनिधि प्रत्यक्ष संवादलाई सुदृढ पार्ने र निर्वाचन अघि जनतामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?