काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासद्वारा नियन्त्रणमा लिएर बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा विपिनकी आमाले छोराको शीघ्र रिहाइका लागि आवश्यक कूटनीतिक पहल गर्न आग्रह गरिन्। त्यस्तै, बहिनी पुष्पाले पनि दाइ निर्दोष रहेको भन्दै चाँडै स्वदेश फर्काउन सहयोग गर्न अनुरोध गरिन्।
जवाफमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि कुनै प्रयास बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हमाससँग निकट रहेका मुलुकहरूसँग समन्वय गरेर जोशीको रिहाइका लागि सक्दो पहल गर्ने आश्वासन दिइन्।
प्रधानमन्त्रीको आश्वासनपछि दाइ घर फर्किनेमा आफू विश्वस्त भएको पुष्पाले बताइन्।
उनी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत रोजगारीका लागि इजरायल गएका थिए।


































