National life

विमानस्थल भन्सारमा अख्तियारको छापा : ३ कर्मचारी घुससहित पक्राउ, २३ थान मोबाइल बरामद

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१९ माघ २०८२, सोमबार
770Shares
विमानस्थल भन्सारमा अख्तियारको छापा : ३ कर्मचारी घुससहित पक्राउ, २३ थान मोबाइल बरामद
ncell

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई घुससहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालय, पार्सल (निकासी) शाखाका नायब सुब्बा छविप्रसाद रिसाल रहेका छन्।

सूचनाका आधारमा आयोगको टोलीले उनीहरूलाई डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट नियन्त्रणमा लिएको हो।

Royal Enfield
nic asia capital
सेवाग्राहीसँग घुस लिने गरेको उजुरी पनि प्राप्त भएको थियो।

जाँचका क्रममा कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षमा रहेको टेबलबाट घुसको रूपमा लिइएको १० हजार र स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ बरामद गरिएको छ। उनको साथबाट थप ९६ हजार ७० रुपैयाँ गरी कुल रकम १ लाख ४६ हजार ४२० रुपैँया बरामद गरिएको आयोगले जनाएको छ।

त्यस्तै, नायब सुब्बा रिसालको साथबाट २० हजार घुस र १८ हजार ८४८ रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरिएको छ।

समग्रमा तीनै जना कर्मचारीसँग स्रोत नखुलेको रकमसमेत गरी कुल २ लाख ६८ हजार २८८ रुपैयाँ र  विभिन्न व्यक्तिहरूबाट संकलन गरिएका २३ वटा मोबाइल फोन बरामद गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए।

ती कर्मचारीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
770SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?