National life

विवादपछि डा. संगीता मिश्राको स्वास्थ्य मन्त्री बन्ने सम्भावना कमजोर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८२, सोमबार
438Shares
विवादपछि डा. संगीता मिश्राको स्वास्थ्य मन्त्री बन्ने सम्भावना कमजोर
ncell

काठमाडौं । स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्राको मन्त्री बन्ने सम्भावना कमजोर बन्दै गएको छ। उनीविरुद्ध भ्रष्टाचारको आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम फिर्ता लिने तयारी गरेको स्रोतले जनाएको छ।

आइतबार प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयकी पूर्व अतिरिक्त सचिव मिश्रालाई स्वास्थ्य मन्त्रीका रूपमा राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्।

Royal Enfield
nic asia capital
तर, विवादित पात्र भएको सूचना पाएपछि नाम ‘होल्ड’ गर्न राष्ट्रपति कार्यालयलाई निर्देशन दिइएको बताइएको छ ।

प्रधानमन्त्रीले आइतबार डा। मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा। मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई सिफारिस गरेकी थिइन्। तर, सिफारिस विवादित भएपछि मन्त्रिपरिषद् विस्तार स्थगित भएको हो। अहिले दिउँसो २ बजे शपथ ग्रहण गर्ने तयारी भइरहेको छ।

स्वास्थ्य मन्त्री बन्ने सम्भावना बढेपछि डा। मिश्राले आइतबार नै अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन्। उनी यसअघि स्वास्थ्य सचिवमा पदोन्नति नपाएपछि असन्तुष्ट भई ६ महिना लामो बिदामा बसेकी थिइन्। २१ फागुनमा डा. विकास देवकोटालाई वरिष्ठता मिचेर सचिव नियुक्त गरिएको भन्दै उनले सर्वोच्चमा रिट समेत दायर गरेकी थिइन्।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मिश्राले स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी अस्पताल र प्रसूति अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रूपमा काम गरिसकेकी छन्। उनी स्वास्थ्य सेवाकी १२औं तहकी वरिष्ठ अधिकारी हुन्।

यो समाचार शेयर गर्नुहोस्
438SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?