National life

विवादपछि महोत्तरीको प्रेमनगर मतदान केन्द्रमा २ घण्टापछि मतदान पुनः सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२१ फागुन २०८२, बिहिबार
847Shares
विवादपछि महोत्तरीको प्रेमनगर मतदान केन्द्रमा २ घण्टापछि मतदान पुनः सुरु
ncell

काठमाडौं । महोत्तरीको बर्दिवासस्थित प्रेमनगर मतदान केन्द्रमा दुई पक्षबीच विवाद भएपछि केही समयका लागि स्थगित भएको मतदान प्रक्रिया पुनः सुचारु भएको छ। करिब दुई घण्टा अवरुद्ध भएको मतदान दिउँसो १२ बजेर ४० मिनेटदेखि पुनः सञ्चालनमा आएको हो।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार केही मतदाताले दोहोर्‍याएर मतदान गर्ने प्रयास गरेपछि मतदान केन्द्रमा विवादको स्थिति सिर्जना भएको थियो। त्यसपछि सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिँदै बिहान करिब साढे १० बजेदेखि मतदान प्रक्रिया स्थगित गरिएको थियो।

Royal Enfield
nic asia capital

विवाद चर्किँदा स्थानीय वडाध्यक्ष भोरिल यादव र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच झडप भएको थियो। झडपका क्रममा वडाध्यक्ष यादव सामान्य घाइते भएका छन्। घटनापछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिँदै मतदान केन्द्र वरपर सुरक्षा कडा बनाएका छन्।

प्रशासनले सम्बन्धित पक्षसँग छलफल गरी अवस्था सामान्य बनाएपछि मतदान प्रक्रिया पुनः सुरु गरिएको हो। अहिले उक्त मतदान केन्द्रमा सुरक्षाकर्मीको कडा निगरानीबीच मतदान शान्तिपूर्ण रूपमा जारी रहेको प्रशासनले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
847SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?