National life
cg eloctronics

विशेष कार्यक्रम सहित 'दशौँ अन्तर्राष्ट्रिय योग दिवस' मनाउने तयारीमा सरकार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ असार २०८१, शुक्रबार
470Shares
विशेष कार्यक्रम सहित 'दशौँ अन्तर्राष्ट्रिय योग दिवस' मनाउने तयारीमा सरकार
ncell

काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको साथमा मनाइँदै छ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने छन् कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जानकारी छ ।

मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो । सोही बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालय स्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।

योगले शरीर, मन र आत्मालाई एकाकर बनाई मन, शान्त स्थित रहन मद्दत गर्नुको साथै योगासनको निरन्तर अभ्यासले शारीरिक, मानसिक र अध्यात्मिक व्यक्तित्व विकास हुने योग विशेषज्ञहरूको भनाई छ। आसन गर्दा श्वास प्रश्वासलाई ध्यानमा राखेर बिस्तारै गर्दा मानसिक शान्त फाइदा हुने गर्दछ । योगासनबाट शरीरमा स्फूर्तिको जागरण हुन्छ, हल्का हुन्छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?