National life
cg eloctronics

विश्वकै लामो दाबी गरिएको केबलकारको इआइए सार्वजनिक, ठूलो वन क्षेत्र प्रभावित

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०३ फागुन २०८२, आइतबार
993Shares
विश्वकै लामो दाबी गरिएको केबलकारको इआइए सार्वजनिक, ठूलो वन क्षेत्र प्रभावित
ncell

काठमाडौं । पर्वतको सेराफाँटदेखि मुस्ताङको रानीपौवासम्म निर्माण प्रस्ताव गरिएको नयाँपुल–मुक्तिनाथ केबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनको मस्यौदा सार्वजनिक गरिएको छ। करिब ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस महत्त्वाकांक्षी परियोजनाले वातावरणीय तथा सामाजिक रूपमा उल्लेख्य प्रभाव पार्ने देखिएको छ।

वन तथा वातावरण मन्त्रालयले मुक्तिनाथ दर्शन लिमिटेडद्वारा प्रस्तावित ८१.०४ किमि लामो केबलकार आयोजनाको इआइए मस्यौदा प्रकाशन गर्दै सरोकारवालाबाट राय तथा सुझाव माग गरेको हो। इआइए प्रतिवेदन नेपाल इन्भाइरोन्मेन्टल एन्ड साइन्टिफिक सर्भिसेज प्रालिले तयार गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्वीकृतिको प्रक्रिया

सरकारले १४ असोज २०७८ मा केबलकार निर्माणका लागि इआइए अध्ययन गर्न सैद्धान्तिक सहमति दिएको थियो। त्यसपछि २२ असोज २०७८ मा अध्ययन स्वीकृति तथा २७ भदौ २०७९ मा क्षेत्र निर्धारण प्रतिवेदन र कार्यसूची स्वीकृत गरिएको थियो। तयार प्रतिवेदन लगानी बोर्डको कार्यालयको सिफारिससहित मन्त्रालयमा पेश गरिएको थियो। मन्त्रिपरिषद्को ८ मंसिरको नीतिगत निर्णयका आधारमा मन्त्रालयले २५ पुसमा इआइए सार्वजनिक गर्ने प्रक्रिया अघि बढाएको हो।

वन, जग्गा र बासिन्दामा प्रभाव

मस्यौदाअनुसार आयोजनाको निर्माण क्रममा ९३.६१ हेक्टर वन क्षेत्र, ७२.६६ हेक्टर बाँझो जमिन र ४१.३४ हेक्टर नदी क्षेत्र प्रभावित हुनेछ। विभिन्न प्रकारका वन क्षेत्रबाट कुल २४ हजारभन्दा बढी रुख कटान वा प्रभावित हुने अनुमान गरिएको छ ।

संरक्षण क्षेत्र व्यवस्थापन समितिको वनबाट २२,३०९

सामुदायिक वनबाट ३८६

सरकारद्वारा व्यवस्थित वनबाट १,८५५

आयोजनाका लागि ५९.७१ हेक्टर जग्गा स्थायी रूपमा अधिग्रहण गर्नुपर्नेछ। कुल २२९ घरधुरी प्रभावित हुने उल्लेख छ, जसमध्ये ३४ घरधुरी भौतिक रूपमा र १९५ घरधुरी आर्थिक रूपमा प्रभावित हुनेछन्। वातावरणीय न्यूनीकरण तथा व्यवस्थापनका लागि ७८ करोड १२ लाख रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ।

सञ्चालन चरणका प्रभाव र पूर्वाधार

इआइए मस्यौदाअनुसार सञ्चालन चरणमा दैनिक १० हजार यात्रुले केबलकार प्रयोग गर्ने अनुमान छ। यसका लागि दैनिक ३५ लाख लिटर पानी आवश्यक पर्नेछ, जसबाट ३३ लाख २५ हजार लिटर फोहोर पानी निष्कासन हुने देखिन्छ। त्यसको व्यवस्थापनका लागि दैनिक ३० लाख लिटर प्रशोधन क्षमताको फोहोर पानी प्रशोधन प्लान्ट स्थापना गरिने प्रस्ताव छ।

प्राविधिक विवरण

प्रस्तावित केबलकारको तल्लो स्टेसन पर्वतको सेराफाँट र माथिल्लो स्टेसन मुस्ताङको रानीपौवामा रहनेछ। कुल ८१.०४१ किमि लम्बाइ रहने परियोजनामा २० वटा स्टेसन र ४४२ वटा टावर निर्माण गरिनेछन्। केबलकारमा १० जना अट्ने ८७१ वटा गोन्डोला रहनेछन्। यसको गति प्रतिसेकेन्ड ७ मिटर रहनेछ भने तल्लो स्टेसनदेखि माथिल्लो स्टेसनसम्म पुग्न ३ घण्टा ३६ मिनेट लाग्ने अनुमान छ। आयोजना सञ्चालनका लागि १३ मेगावाट विद्युत् आवश्यक पर्नेछ।

लगानी, रोजगारी र दाबी

परियोजनाको कुल लागत ५५ अर्ब रुपैयाँ अनुमान गरिएको छ। निर्माण चरणमा १,७६९ र सञ्चालन चरणमा ४३९ जनाले रोजगारी पाउने अनुमान छ। कम्पनीले यस परियोजनालाई हालसम्म विश्वकै सबैभन्दा लामो केबलकारका रूपमा डिजाइन गरिएको दाबी गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको इआइए मस्यौदामाथि प्राप्त सुझावका आधारमा अन्तिम प्रतिवेदन तयार गरिनेछ। आयोजना अघि बढेमा पर्यटन प्रवर्द्धन र धार्मिक यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ भने वातावरणीय र सामाजिक प्रभावबारे सरोकारवालाबीच बहस पनि तीव्र हुने संकेत देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
993SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?