National life
cg eloctronics

वीरेन्द्र बस्नेतद्वारा पार्टी छाडेको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२२ फागुन २०८२, शुक्रबार
896Shares
वीरेन्द्र बस्नेतद्वारा पार्टी छाडेको घोषणा
ncell

काठमाडौँ । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले पार्टीबाट अलग हुने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत् उनले लेखेका छन्, “अब म स्वतन्त्र र जिम्मेवार नागरिकको रूपमा समाजसेवा र मातृभूमिको सेवामा समर्पित छु।”

गतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनपछि स्थापना भएको थियो। बस्नेतका अनुसार, जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र अन्य अन्यायविरुद्धको प्रतिक्रिया थियो। उनले दिगो रोजगारी, सुशासन र समतामूलक विकासको खोजीमा नयाँ राजनीतिक अभियानमा सामेल भए पनि अपेक्षित परिणाम हासिल गर्न सकेनन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनी भन्छन्, “हालको राजनीतिक संस्कार मेरो आत्मासँग मेल खाएन। पद र दलको सीमाभित्र मेरो अनुभव, क्षमता र देशप्रतिको प्रेमले चाहेको योगदान दिन सकिँदैन। अबको बाटो फरक छ, देशप्रतिको समर्पण छ।”

बस्नेतले आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनात्मक कार्यमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
896SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?