काठमाडौँ । वैवाहिक बलात्कार कसुरमा निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान भएका छन्।
वैवाहिक बलात्कार मुद्दा खेपिरहेका गिरी आज सोमबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिए। २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीश द्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए।
तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले गिरीले आफूमाथि घरेलु हिंसा, यौन शोषण र अप्राकृतिक मैथुन गरेको भन्दै उजुरी दिएकी थिइन् ।
गिरीले जिल्ला अदालत काठमाडौँमा आत्मसमर्पण गरेका थिए।
गिरीलाई धरौटीमा छाड्ने जिल्ला र उच्च अदालतको आदेश सर्वोच्च अदालतले बदर गरेको थियो। गिरीलाई कारबाहीको माग गर्दै उनी लामो समयदेखि अनशन पनि बस्दै आएकी थिइन् ।


































