National life

शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता शेर्पालाई ३० लाख धरौटीमा छाड्न आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
540Shares
शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता शेर्पालाई ३० लाख धरौटीमा छाड्न आदेश
ncell

काठमाडौं । नक्कली भुटार्नी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले पूर्वसांसद एवं कांग्रेस नेता आङटावा शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

यस्तै उच्चले थुनामा पठाएका गोबिन्दकुमार चौधरीलाई पनि सर्वोच्चले धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले चौधरीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

Royal Enfield
nic asia capital

तत्कालिन हज समितिका अध्यक्ष शमशेर मियालाई पनि सर्वोच्चले साधारण तारेखमा छाड्न आदेश दिएको छ । मियालाई उच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

यता एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?