National life

शिक्षादीप एकेडेमीका शिक्षकद्धारा विद्यार्थीमाथि निर्घात कुटपिट,अचेत अवस्थामा पुगे विद्यार्थी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ जेठ २०८१, बिहिबार
641Shares
शिक्षादीप एकेडेमीका शिक्षकद्धारा विद्यार्थीमाथि निर्घात कुटपिट,अचेत अवस्थामा पुगे विद्यार्थी
ncell

काठमाडौं । शिक्षादीप एकेडेमी विद्यालयका शिक्षकले एक विद्यार्थी माथि निर्घात कुटपिट गरेको खबर प्राप्त भएको छ । नाम परिवर्तन (रमेश खरेल) नाम गरेका उक्त छात्रलाई विद्यालयमा कुटपिट गरिएको हो।

इटहरी, १६ बालगाममा रहेको उक्त शिक्षादीप एकेडेमीमा उनी कक्षा ९ मा अध्ययनरत छन् । शिक्षकको कुटपिटबाट अचेत अवस्थामा पुगेका १४ वर्षका उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल पुर्याइएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अहिले विश्व २१ औं सताप्दीमा गुज्रिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने नयाँ नौला किसिमका शिक्षण प्रणालीलाई प्राथमिकतामा राख्ने गरिएको छ । शिक्षण सामाग्रिदेखि शिक्षण शैलिसम्मले गतिशिलता पाएका छन् । कसरी खाने, कसरी बोल्ने, कसरी घुम्ने, के गर्ने के नगर्ने, खाना कसरी पकाउने ? भन्ने लगायत हर विषयमा पढाई हुन थालिसकेको छ । यसको मतलब पठन पाठनको महत्व व्यक्तीको जीवनमा व्याकिन ह्वाईट प्रश्नपत्र र सादा पेपर भर्न मात्रै सिमित छैन, व्यक्तीका विचारहरुलाई जिवन्त तुल्याउँन समेत छ । तर, नेपालमा कहिले काही यस्ता घटना घट्ने गर्छन् जुन कल्पना बाहिरका जस्ता देखिन्छन् । कतिपय घटनाहरु पत्याउन समेत हम्मेहम्मे पर्ने गरेको छ ।

शिक्षा क्षेत्रमा घट्ने यस्ता घटनाहरु खासै नौला भने होइनन् । यसबाट पनि विद्यार्थीहरु पढ्न विद्यालय गइरहेका छन् कि कुटाइखान हो ? भन्ने जस्तो पनि देखिन्छ । घटना जहाँको भए पनि यसमा सम्बन्धित निकायहरुको ध्यान तुरुन्तै जानु पर्छ भने आगामी दिनमा समेत विद्यार्थीहरुले अनाकहमा भोग्ने सास्तीको सधैंका लागि अन्त्य हुनुपर्ने देखिन्छ ।

यस्ता घटनाबाट समग्र शिक्षा क्षेत्र र सबै सरोकारवालाहरुले ठूलो पाठ सिक्नुपर्ने देखिन्छ । हाल विद्यार्थी माथि गृहकार्य नगरेको निहुँमा ठूलै रिसिवि फेरेको शैलिमा विद्यार्थी पिट्ने शिक्षक पुण्य प्रसाद पोखरेल हुन् । अहिले अभिवावकहरुले उनलाई विद्यालयबाट निलम्बन गर्नु पर्ने, अस्पतालमा लागेको सम्पूर्ण शुल्क व्यहोर्नु पर्ने तथा उनलाई कडा कारबाही गर्नु पर्ने माग राखेका छन् । आधा मात्रै गृहकार्य गरेको भन्दै कुटाइखाएका विद्यार्थी करिब तीन घण्टा पछि होसमा आएको र सो कुरा मिडीया सामु ल्याउनु परेको विद्यार्थी निकट अभिभावकहरुले बताएका छन् ।

साथै, सोही विषयमा सोधखोज गर्न फोन गर्दा शिक्षादीप एकेडेमीका प्रध्यानाध्यापक सहदेव काफ्लेले घट्नाले ठूलो रुप लिनुको पछाडी खासै कुनै कारण नदेखिएको र मानिसबाट जानी नजानी हुने गल्ती मध्ये यो घटना पनि एक हुन पुगेको विश्लेषण गरेका छन् । उनले कुटाई खाएका विद्यार्थी विगत डेढ वर्षदेखि आफ्नो विद्यालयमा अध्यनरत रहेको र उनले पनि शैक्षिक हिसाबमा हेर्दा राम्रै प्रगति गरेको खुलाएका छन् । विगत लामो समयदेखि वि.स.२०६३ सालबाट संचालित उक्त विद्यालयको इतिहासमा यस्तो घट्ना बिरलै घट्ने उनले स्वीकार गरे ।

प्राध्यानाध्यपक काफ्लेले अकारण विद्यार्थी माथि ठूलै कुटपिट गरेको भन्दै विद्यालय संचालक समितिले शिक्षक पोखरेललाई पदबाट निलम्बन गरिसकेको समेत जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?