काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ का लागि आकर्षक लाभांश घोषणा गरेको छ। कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १२.५०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
घोषित लाभांशमध्ये २.५०% बोनस सेयर र कर प्रयोजनका लागि १०% नगद लाभांश रहने कम्पनीले जनाएको छ।
साधारण सभाले पारित गरेपछि लाभांश सेयरधनीमा वितरण गरिनेछ।
कम्पनीले मंसिर २५ गते आफ्नो आगामी वार्षिक साधारण सभाको मिति निर्धारण गरेको छ। साथै, सभाका लागि मंसिर ११ गते बुक–क्लोज गर्ने निर्णय भएको छ। यसअनुसार मंसिर १० गतेसम्म नाम दर्ता भइसकेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

































