काठमाडौँ । जेनजी अगुवाहरू र सरकारबीच शीतल निवासमा वार्ता सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा वार्ता प्रारम्भ भएको हो।
यसअघि तोकिएको वार्ता स्थगित भएको थियो, तर आज फेरि सरकार र जेनजी प्रतिनिधिबीच छलफल सुरु भएको हो। वार्तामा सहभागी हुनका लागि जेनजी अगुवा, प्रधानमन्त्री र केही मन्त्रीहरू समेत शीतल निवास पुगेका छन्।
वार्तामा जेनजी आन्दोलनका एजेन्डा, मन्त्रीपरिषद् विस्तार र अन्य राजनीतिक विषयहरूबारे विस्तृत छलफल हुने जनाइएको छ।






































