National life

शेयर बजारको अस्थिर यात्रा : अन्योलमा लगानीकर्ता, खुम्चिँदो कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२४ मंसिर २०८२, बुधबार
584Shares
शेयर बजारको अस्थिर यात्रा : अन्योलमा लगानीकर्ता, खुम्चिँदो कारोबार
ncell

काठमाडौँ । साताको चौथो कारोबारका दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८६ अकंले घटेर २६०६.२० बिन्दुमा कायम भएको छ।

उक्त दिन विभिन्न ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ ।

Royal Enfield
nic asia capital
सेयर बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । भने म्युचुअल फण्डको शेयर मूल्य बढेको हो ।

बुधबार वाणिज्य बैंकको ०.०५ प्रतिशत, विकास बैंक समूहको ०.२९ प्रतिशत, फाइनान्स समूहको ०.५७ प्रतिशतले शेयर मूल्य घटेको छ। आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको घटेको हो । ९ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज घटेको बजारमा समेत स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाइ प्यानल नेपालको सेयरमा सकरात्मक सर्किट लाएको छ । आज घटेको बजारमा समेत श्रीनगर एग्रिटेकको सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज २६ करोड ३९ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १७ करोड ८ लाख २ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन यूनिभर्सल पावर कम्पनीको ११ करोड ६१ लाख ९५ हजार रुपैंया कारोबार भएको हो।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?