National life

शेयर बजारमा चमकः सबै उपसूचक हरियाली, पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०८ मंसिर २०८२, सोमबार
482Shares
शेयर बजारमा चमकः सबै उपसूचक हरियाली, पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट
ncell

काठमाडौं। साताको दोस्रो कारोबारका दिन आज शेयर बजारमा दोहारो अंकको बढोत्तरी आएको छ । गत हप्ता निरन्तर रुपमा देखिएको गिरावटको कारण लगानीकर्ता निराश बनेका थिए । यो हप्ताको सुरुवातदेखि नै बजारले सकरात्मक लय लिएको छ ।

सोमबार नेप्से ४५.०१ अंकले बढ्दा २६४५.२३ को विन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital
३३० सूचीकृत कम्पनीको १ करोड ४० लाख ४१ हजार ९ सय ३५ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सेयर बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ । आज नेपाल लाइफ र नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, झापा इनर्जी र सागर डिष्टलरीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।

उक्त दिन बन्दीपुर केवलकार, सागर डिस्टीलरी, स्वस्तिक लघुवित्त, श्रीनगर इन्ड्रष्ट्री र झापा इनर्जीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?