काठमाडौँ । साताको अन्तिम कारोबारका दिन आज शेयर बजारमा झिनो अकंले गिरावट आएको छ। शेयर बजारमा पछिल्ला दुई दिन लगातार सुस्तता देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.३५ अकंले घटेर २६५२ बिन्दुमा कायम भएको छ।
त्यस्तै, आज ९ उपसूचक राताम्य भएका छन्। आज होटल तथा पर्यटन समूहको १.४९ प्रतिशत, फाइनान्स समूहको ०.५० प्रतिशत, विकास बैंक समूहको ०.४४ प्रतिशतले घटेको हो।
त्यस्तै, आज गिरावट आएको सेयर बजारमा हिमस्टार उर्जा कम्पनीको सकरात्मक सर्किट लाएको छ। आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३० करोड ९० लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, युनियन हाइड्रोपावरको १८ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । भने हिमालयन रिइन्स्योरेन्सको ११ करोड ३८ लाख २० हजार रुपैयाँ , कालिका पावर कम्पनीको सिइडिबी होल्डिङको ७ करोड ३४ लाख ६७ हजार रुपैयाँ कारोबार भएको हो ।


































