National life

शेयर बजारमा निरन्तर गिरावट : साना लगानीकर्ता बढी जोखिममा, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२४ कात्तिक २०८२, सोमबार
1.1kShares
शेयर बजारमा निरन्तर गिरावट : साना लगानीकर्ता बढी जोखिममा, कारोबार कति ?
ncell

काठमाडौँ । नेप्से परिसूचक आज दोस्रो दिन पनि ओरालो लागेको छ। लगातार तेस्रो दिनसम्म बजार राताम्य हुदा लगानीकर्ताको मनोबल थप कमजोर बनेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८० अंकले घटेर २५६०.२९ बिन्दुमा पुगेको छ।

Royal Enfield
nic asia capital
यस दिन ३२७ कम्पनीका ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो।

आज १० मध्ये सबै उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक समूह ०.६० प्रतिशत, विकास बैंक समूह ०.६३ प्रतिशत, फाइनान्स समूह ०.७५ प्रतिशत, जलविद्युत् समूह ०.१० प्रतिशत र जीवन बीमा समूह ०.२६ प्रतिशतले घटेका छन्।

बजारमा ठूला लगानीकर्ता र माफियाको चलखेल पनि बढेको आरोप लगाइएको छ। राजनीतिक अस्थिरता, आगामी निर्वाचनको अनिश्चितता र नीति–निर्देशनमा स्पष्टता नहुनुजस्ता कारणले लगानीकर्तामा विश्वासको कमी देखिएको छ।

उक्त दिन सेयर बजारमा गिरावट आउँदा पनि दरम खोला हाइड्रो इनर्जी, मालिबुङ इनर्जी, सागर डिस्टीलरी र बुङ्गल हाइड्रोको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?