काठमाडौं। यस साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ। उक्त दिन बजार ५४.५१ अंकले बढेर २९३१.५५ को विन्दुमा कायम भएको हो।
उक्त दिन विभिन्न ३६४ कम्पनीको ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ। सेयर बजारमा बढोत्तरी आउँदा १२ उपसूचक हरियाली भएको छ ।
आज सेयर बजारमा वृद्धि हुँदा कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, अभियान लघुवित्त, भुजुङ् हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेस्ट इनको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
त्यस्तै, आज कुमारी बैंकको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ८५ करोड ९६ लाख १५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेशनल हाइड्रोपावर कम्पनीको ७७ करोड ८७ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
त्यस्तै उक्त दिन शिभम् सिमेन्टको ७५ करोड २६ लाख ७० हजार रुपैंया, ङादी ग्रुप पावरको ७२ करोड ९८ लाख ४२ हजार रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ७१ करोड ६ लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो।
































