काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५३ अकंले घटेर २६४४.७० बिन्दुमा कायम भएको छ। आज ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोडको शेयर कारोबार भएको हो।
शेयर बजारमा देखिएको लगातारको गिरावटले लगानीकर्तालाई निराश बनाएको छ । यसदिन पाँच उपसूचक घटेका छन् भने ८ उपसूचकमा हरियाली आएको छ । मंगलबार १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११९ कम्पनीको घटेको छ।
त्यस्तै, आज यूनियन हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३१ करोड ८१ लाख ३५ हजार रुपैया बराबरको कारोबार भएको हो। कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउन्टेन इनर्जी २२ करोड ९४ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
साथै, उक्त दिन ङादी ग्रुप पावर १६ करोड १६ लाख ३० हजार रुपैंया, ग्रिन भेन्चर्सको ११ करोड ११ लाख १२ हजार रुपैयाँ, यूनाइटेड मोदी हाइड्रोपावरको १० करोड ६९ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ।

































