National life

शेयर बजारमा लगातार निराशाजनक प्रदर्शन : १३ वटै उपसूचक राताम्य, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२१ मंसिर २०८२, आइतबार
509Shares
शेयर बजारमा लगातार निराशाजनक प्रदर्शन : १३ वटै उपसूचक राताम्य, कारोबार कति ?
ncell

काठमाडौँ – शेयर बजारले लगातार निराशाजनक प्रदर्शन गर्दैछ । पछिल्ला केही दिनयता पुँजी बजारमा लगातार घटबढ भईरहदा लगानीकर्तामा नैराश्यता देखिएको छ। साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४८ अंकले घटेर २६०९.६९ बिन्दुमा पुगेको छ।

Royal Enfield
nic asia capital
आज ३२५ कम्पनीका कुल १ करोड ७ लाख १८ हजार कित्ता शेयर किनबेच भएका छन्, जसको कुल कारोबार रकम ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँ पुगेको छ।

आजका कारोबारमा १३ वटै उपसूचक राताम्य भएका छन्। समूहगत रूपमा हेर्दा वाणिज्य बैंक समूह ०.६० प्रतिशत, विकास बैंक समूह ०.९३ प्रतिशत, फाइनान्स समूह १ प्रतिशत, होटल तथा पर्यटन समूह १.२० प्रतिशतले घटेको छ। यसैबीच, ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको घटेको छ। ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। हाल बजार अझै अनिश्चिततापूर्ण बाटोमा अघि बढिरहेको छ।

बजारमा सुधार नआएको मुख्य कारणमध्ये नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिसके पनि लगानीकर्ताको अपेक्षा अनुसार आवश्यक सुधार र उपायहरू लागू नभएको जानकारहरूको भनाई छ । यसअन्तर्गत बैंकमार्फत शेयर खरिद गर्दा लाग्ने कर्जामा कडाइ हटाउनुपर्ने र कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्र मार्जिन कर्जा दिने व्यवस्था खारेज गर्नुपर्ने मागहरू हालसम्म पूरा भएका छैनन्।

विशेषज्ञहरूको अनुसार, लगानीकर्ताको माग पूरा नभएको र बजारमा पर्याप्त सकारात्मक संकेत नआएको कारणले बजार सुस्त रहेको छ। बजारको अनिश्चितता र सीमित तरलता लगानीकर्तालाई सतर्क बनाइरहेको छ। आगामी दिनमा सरकार र नियामक निकायले लगानीकर्ताका माग र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन गरे मात्र बजारमा सुधार आउने अपेक्षा गरिएको छ।

यसैबीच, लगानीकर्ताहरूले पनि जोखिम व्यवस्थापन र दीर्घकालीन लगानी रणनीतिमा ध्यान दिनुपर्ने विशेषज्ञहरूको सल्लाह छ। बजारको हालको प्रदर्शनले छोटो अवधिमा उतारचढाव जारी रहन सक्ने संकेत देखाएको छ, जसले लगानीकर्तामा सचेत र सतर्क रहने आवश्यकतालाई बलियो बनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?