काठमाडौं। शेयर बजारको बढ्दो क्रमले आज पनि निरन्तरता पाएको छ । साताको चौथौँ दिन आज शेयर बजारमा सामान्य सुधार आएको हो ।
उक्त दिन बजार ९.६१ अंकले बढेर २६६५.६० को विन्दुमा कायम भएको हो ।
सेयर बजारमा बढोत्तरी आउँदा आठ उपसूचक हरियाली भएको छ । उक्त दिन झापा इनर्जी, सागर डिस्टीलरी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेकको सेयरमा सकरात्मक सर्किट लाएको छ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको ६२ करोड ४३ लाख ४३ हजार रुपैया बराबरको कारोबार भएको छ। कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्ट्सको २६ करोड ७५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
त्यस्तै उक्त दिन हिमालयन डिस्टीलरीको २३ करोड ४१ लाख ६८ हजार रुपैंया, बन्दीपुर केवलकारको १९ करोड ६८ लाख १७ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स कम्पनीको १८ करोड ९४ लाख ६२ हजार रुपैयाँको कारोबार भएको हो ।


































