काठमाडौँ । शेयर बजारमा आज सामान्य अंकको सुधार देखिएको छ । एकपछि अर्को उतार–चढावको विच शेयर बजारमा सामान्य अंकको सुधार आएको हो ।
केही दिनयता बजारमा देखिएको लगातारको गिरावटका कारण लगानीकर्ताको मनोबल खुम्चिँदै गएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७८ अकंले बढेर २५५०.३६ बिन्दुमा कायम भएको छ।
आज ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ। यसदिन ११ उपसूचकमा हरियाली आएको छ। आज विकास बैंक समूहको १.५० प्रतिशत र हाइड्रोपावर समूहको १.०८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
त्यस्तै, घटेको शेयर बजारमा आज बन्दीपुर केवलकार, सागर डिस्टीलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको सेयरमा सकरात्मक सर्किट लाएको छ। भने एनआरएन इन्फ्रास्टक्चर र शिवम सिमेन्ट लगायतका कम्पनीको सर्वाधिक कारोबार भएको छ।

































