National life
cg eloctronics

शेयर बजार पुँजीकरण ४० खर्ब कट्यो , नेपाल टेलिकम र नबिल बैंक अग्रस्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
486Shares
शेयर बजार पुँजीकरण ४० खर्ब कट्यो , नेपाल टेलिकम र नबिल बैंक अग्रस्थानमा
ncell

काठमाडौँ । संसदका दुई ठुला दल नेकपा एमाले–नेपाली कांग्रेस गठबन्धनबाट सरकार बनेसँगै सेयर बजार नयाँ सरकार बन्ने (गत असार १७ गते) यता ५१०.०५ अंकले बढेको छ।

असार १६ गते २०५३.३८ अंकमा रहेको नेप्से आज साउन ८ गते मङ्गलवारसम्म आइपुग्दा २५६३.४३ बिन्दुमा पुगेको छ । यस अवधिमा कुल बजार पुँजीकरणको वृद्धि ८ खर्ब ११ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । त्यस अगाडि गत असार १६ गते बजार पुँजीकरण ३२ खर्ब ५६ अर्ब ६ करोड १४ लाख रुपैयाँ थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दैनिक कारोबार रकम १५ अर्ब हाराहारीमा छ । पछिल्लो चार दिनमा मात्रै ५८ अर्ब ८१ करोड ८९ लाख ३८ हजार बढीको सेयर कारोबार भएको छ । मंगलबारको कारोबारपछि बजार पुँजीकरणको आधारमा नेपाल टेलिकमको सबैभन्दा धेरै पुँजीकरण रहेको कम्पनीको रूपमा स्थापित छ । कम्पनीको कुल १ खर्ब ६९ अर्ब २ करोड बराबर रहेको छ ।

नेपाल टेलिकमको सबैभन्दा धेरै पुँजीकरण रहेको कम्पनीको रुपमा स्थापित छ । यस कम्पनीको कुल १ खर्ब ६९ अर्ब २ करोड बराबर रहेको छ । जुन कुल बजार पुँजीकरणमा ४.१६ प्रतिशत बराबर हो ।

नेपालको इतिहासमा नै २०७८ भदौ २ गते कुल बजार पुँजीकरणले सर्वाधिक बिन्दुमा पुगेर रेकर्ड कायम गरेको थियो । उक्त दिन कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५२ लाख ९० हजार रुपैयाँ रहेको थियो । जुन मंगलबार कायम भएको कुल बजार पुँजीकरणभन्दा ४ खर्ब १ अर्ब ८ करोड ३८ लाख रुपैयाँ धेरै हो ।

यसैगरी दोस्रो ठूलो बजार पुँजीकरण नबिल बैंकको रहेको छ । बैंकको मंगलबार कुल बजार पुँजीकरण १ खर्ब ५६ अर्ब ६६ करोड रहेको छ। नागरिक लगानी कोष बजार पुँजीकरणका आधारमा तेस्रो कम्पनीको रूपमा स्थापित बनेको छ । उक्त कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ३१ अर्ब ८ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

nic asia capital

यसैगरी क्रमशः ग्लोबल आईएमई बैंकको ८० अर्ब ६० करोड ३२ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ७६ अर्ब ८९ करोड १७ लाख, एनआईसी एशिया बैंकको ७५ अर्ब ७८ करोड १२ लाख, एभरेष्ट बैंकको ७२ अर्ब ३७ करोड २६ लाख, हिमालयन रि इन्स्योरेन्सको ७० अर्ब ४० करोड ८० लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको ६२ अर्ब २२ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

नेप्से परिसूचक बढ्दा बजार पुँजीकरण पनि स्वाभाविक रूपमा बढ्छ । बजार पुँजीकरण बढ्नु भनेको ती दिनमा किन्ने लगानीकर्ताको लागि नाफा भएको बुझिन्छ। बजार पुँजीकरण बढ्नु भनेको शेयर धनीको सम्पत्ति बढेको हो । बजार पुँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

पछिल्लो समयमा धितो पत्र बजार नयाँ र ठुला कम्पनी समेत थपिएको हुँदा कुल बजार पुँजीकरण बढ्नमा थप मद्दत गरेको छ । तर पनि बजार सूचकले बनाएको नयाँ उचाइ नै कुल बजार पुँजीकरण उच्च भएको हो । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य तरलताको अवस्था थुप्रँदै गएको छ । त्यसले गर्दा पनि अनुमान गरिएभन्दा बजारले थप नयाँ उचाइ लिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
486SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?