National life

श्रीनगर एग्रीटेकको नाफा २०९ % ले बढ्यो, सबै सूचकमा मार्यो छलाङ्ग

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२५ माघ २०८२, आइतबार
881Shares
श्रीनगर एग्रीटेकको नाफा २०९ % ले बढ्यो, सबै सूचकमा मार्यो छलाङ्ग
ncell

काठमाडौँ। श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार हासिल गरेको जनाएको छ। कम्पनीद्वारा प्रकाशित अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यस अवधिमा खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०९ प्रतिशतले उकालो लागेको छ।

गत आर्थिक वर्षमा ५० लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्षको दोस्रो त्रैमाससम्म १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ। नाफा बढ्नमा अन्य आम्दानीको समेत महत्वपूर्ण भूमिका देखिएको छ।

Royal Enfield
nic asia capital
समीक्षा अवधिमा कम्पनीले ३७ लाख ८३ हजार रुपैयाँ बराबर अन्य आम्दानी गरेको उल्लेख छ।

यसबीच, कम्पनीको वित्त खर्च भने बढेको छ। अघिल्लो वर्ष २ करोड ९६ लाख रुपैयाँ रहेको वित्त खर्च चालु आवमा बढेर ३ करोड २८ लाख रुपैयाँ पुगेको छ।

रिजर्भतर्फ भने कम्पनीले बलियो वृद्धि गरेको छ। गत वर्ष १ करोड ९ लाख रुपैयाँ रहेको रिजर्भ अहिले बढेर १७ करोड ३४ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने चालु दायित्व ३७ करोड ६१ हजार रुपैयाँ कायम भएको छ।

उक्त अवधिसम्म प्रतिसेयर आम्दानी १.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.६२ रुपैयाँ, तरलता अनुपात ३.६७ प्रतिशत तथा आरओई ०.८७ प्रतिशत रहेको विवरणमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
881SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?