National life

संघीय संसद् भित्रै सुरक्षाकर्मीले गरे आत्महत्या, टाउकोमा गोली प्रहार 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
402Shares
संघीय संसद् भित्रै सुरक्षाकर्मीले गरे आत्महत्या, टाउकोमा गोली प्रहार 
ncell

काठमाडौँ। संघीय संसद् सचिवालय बानेश्वरमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयले जनाएको छ ।

दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले बताएको छ । गोले प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए ।

Royal Enfield
nic asia capital

बुधबार बिहान करिब ८ बजेको समयमा गोलेले संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरीले बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
402SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?