National life

संविधानले समाजवाद उन्मुख अर्थतन्त्र र समान पहुँचको बाटो खोलेको छ : राष्ट्रपति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असोज २०८२, शुक्रबार
530Shares
संविधानले समाजवाद उन्मुख अर्थतन्त्र र समान पहुँचको बाटो खोलेको छ : राष्ट्रपति
ncell

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानलाई ऐतिहासिक मोडमा आएको समावेशी राजनीतिक उपलब्धि भन्दै यसको मर्मलाई व्यवहारमा कार्यान्वयन गर्ने सबै पक्षको साझा दायित्व रहेको बताएका छन्।

संविधान दिवस–२०७२ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले पूर्ववर्ती केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाबाट उत्पन्न विभेद र उत्पीडनको अन्त्य गर्दै नेपालको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतालाई राष्ट्रिय एकताको सूत्रमा बाँध्न संविधान सक्षम भएको उल्लेख गरे।

राष्ट्रपतिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली नै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आधारस्तम्भ भएको बताए। उनका अनुसार संविधानले समाजवाद उन्मुख अर्थतन्त्र, समतामूलक सामाजिक न्याय र सर्वसाधारण नागरिकलाई सामाजिक सुरक्षा प्रदान गर्ने स्पष्ट लक्ष्य बोकेको छ।

उनले मुलुकको संविधानले प्रतिपादन गरेका मूल्य–मान्यतालाई व्यवहारमा उतार्न इमान्दार, पारदर्शी र उत्तरदायी प्रयास जरुरी भएको औंल्याउँदै राज्य सेवामा समान पहुँच, सुशासन प्रवर्द्धन र स्रोतसाधनको न्यायसंगत उपयोगतर्फ सबै जिम्मेवार पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

Royal Enfield
nic asia capital

राष्ट्रपतिले नेपालको प्राकृतिक स्रोतसाधन, विशेषतः जलस्रोत र ऊर्जा शक्तिको सदुपयोग, कृषि–पर्यटन र रोजगारीका क्षेत्रमा दिगो व्यवस्थापनमार्फत मुलुकलाई छिट्टै समुन्नत राष्ट्रको अग्रपंक्तिमा पुर्याउन सकिने विश्वास व्यक्त गरे। साथै, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचनालाई संविधानले दिएको समान संरक्षणलाई कायम राख्दै आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वलाई क्षति पुर्‍याउने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट सन्देश दिए।

संविधान दिवसको अवसरमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई शुभकामना दिँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवन आहुति दिने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?