National life

सत्ता समिकरणपछि प्रचण्डले भने : 'म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ फागुन २०८०, सोमबार
479Shares
सत्ता समिकरणपछि प्रचण्डले भने : 'म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ'
ncell

काठमाडौं । नयाँ सत्ता गठबन्धन परिवर्तन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन्।

आज सोमबार दिउँसो काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए । उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो।’

माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उनको भनाइ छ।

Royal Enfield
nic asia capital

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली काँग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएपछि सार्वजनिक रूपमा यस्तो बताएका हुन् ।

घेरा हालेर सिद्ध्याउने कोसिस भए पनि त्यसलाई तोड्दै आएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ।’

यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?