National life

समानुपातिक बन्द सूची पेस गर्न निर्वाचन आयोगको सूचना, मंसिर २३ सम्म समय

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१९ मंसिर २०८२, शुक्रबार
354Shares
समानुपातिक बन्द सूची पेस गर्न निर्वाचन आयोगको सूचना, मंसिर २३ सम्म समय
ncell

काठमाडौँ। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई समानुपातिक प्रतिनिधित्व (पीआर) तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गर्ने म्याद तोकेको छ।

आयोगका अनुसार मंसिर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुन इच्छुक राजनीतिक दलहरूले आवश्यक निवेदन पेश गर्नुपर्नेछ। आवेदन कार्यालय समयभित्र काठमाडौँ, कान्तिपथस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय (बहादुर भवन) मा पेश गर्न आयोगले सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

आयोगले राजनीतिक दलहरूले निवेदन प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–२ बमोजिमको ढाँचामा तयार गरी पेश गर्नुपर्ने स्पष्ट पारेको छ।

Royal Enfield
nic asia capital
निवेदन पेश गर्दा सम्बन्धित दलको केन्द्रीय समितिको निर्णय अनुसार अधिकार प्राप्त पदाधिकारीको हस्ताक्षर अनिवार्य हुने आयोगले जनाएको छ।

यस्तै, उम्मेदवारको बन्द सूची नपेस गर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गरिरहन आवश्यक नरहने व्यवस्था रहेको आयोगले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
354SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?